Logo
Logo

कस्तो रहला आजको मौसम ?


1.2k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज दिनभर मौसम सामान्यतया सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार साँझपख काठमाडौंको मौसममा बदली हुनेछ । यद्यपि, पानी पर्ने सम्भावना भने छैन । विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्