
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ ।
पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीले आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेका छन् । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छन् । उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति भएका थिए । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएका थिए ।
गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ । शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन् ।











