Logo
Logo

उपराष्ट्रपति निर्वाचन : अन्तिम नामावली प्रकाशन आज


504
Shares

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

यसअघि हिजो शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । १० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार उपराष्ट्रपति पदका उम्मेदवार यादवले उम्मेदवारी दर्ता गरेका थिए ।

आगामी चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ । जनमतबाट ममता झा र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्