Logo
Logo

कोशी प्रदेशमा बन्दको प्रभाव न्यून


693
Shares

फाइल फाेटाे

काठमाडौं । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले कोशी प्रदेशमा आज बन्दको आह्वान गरेको छ । ‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।

आम हड्तालको न्यून प्रभाव परेको छ । प्रदेशको राजधानी विराटनगरलगायत पूर्वका मुख्य सहर क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था खुलेका छन् ।

विराटनगरबाट छुट्ने लामो दूरीका सवारीसाधन चलेका छैनन् भने छोटो दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) ले जनाएका छ ।

कोशी प्रदेश नाम खारेजीको माग गदै पहिचानवादी संघ/संस्थाद्वारा गठित संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरूमा राँके जुलुस निकालेको थियो ।

यही फागुन १७ गते प्रदेशसभाको दुईतिहाइ मतले प्रदेशको नाम कोशी पारित गरेपछि विभिन्न जातीय संघ÷संस्थाले सो नामप्रति असहमति जनाइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्