Logo
Logo

निर्माण व्यवसायी महासंघको साधारणसभा आज, प्रधानमन्त्रीले उदघाटन गर्ने


252
Shares

फाइल तस्बिर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा आजबाट सुरु हुने भएको छ । महासंघको २४ औं साधारणसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि बितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

 साधारण सभामा देशभरबाट करिव ११ सय प्रतिनिधि र पाँचसय पर्यवेक्षक सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्