Logo
Logo

नवनिर्वाचित राष्ट्रपतिको शपथ भोलि


693
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन । सोमबार दिउँसो १ बजेका लागि शपथ तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।

पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका हुन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । दोस्रो कार्यकाल पूरा गरेर उनी आजै शीतल निवासबाट बाहिरिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्