Logo
Logo

उपराष्ट्रपतिका लागि चारजनाकै उम्मेदवारी यथावत


1.2k
Shares

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँच–बुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार अन्तिम नामावली प्रकाशन गरेको हो ।

अन्तिम नामावलीमा मनोनयन दर्ता गराएका चारै जनाको नाम उल्लेख छ । जसमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव रहेका छन् । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्