Logo
Logo

प्रदेशमा अराजकताः मन्त्रीले सचिवलाई कुटे




जनकपुर, २९ पुस ।

प्रदेश २ मा मन्त्री र सचिवबीच कुटाकुट भएको छ । विवाद भएपछि आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिवलाई बिद्यानाथ झामाथि कुटपिट गरेका छन् ।


झाले दुव्र्यवहार गरेका भन्दै कार्यकक्षमै उनलाई कुटपिट गरेका हुन् । मन्त्री यादबले भने सुरुमा झाले आफूलाई दुब्र्यवहार गरेको बताएका छन् । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए। त्यसमा ४० वटा संस्था छनोट भएका थिए। मन्त्रीले सिफारिस गरेका संस्था नपरेपछि झगडा भएको हो ।
‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। कुटाईबाट सचिव झाको अनुहार सुन्निएको छ । मुख्यमन्त्री लालबाबु राउतले घटनाबारे छानबिन थालेका छन् । घटना प्रहरीमा समेत पुगेको छ ।
कुटिएका सचिव झालाई मन्त्रीको निर्देशनमा पक्राउ गरेको छ । कर्मचारीहरु भने आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्