Logo
Logo

प्रसाद २ का निर्माताविरुद्ध ठगी र चेक बाउन्सको मुद्दा




काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रसाद २ का निर्माता सुवास थापाविरुद्ध ठगी र चेक बाउन्सको उजुरी प्रहरीमा दर्ता भएको छ । साढे ६२ लाख रुपैयाँ ठगीको आरोपमा व्यवसायी केशव पाण्डेले उनीविरुद्ध जाहेरी दिएका हुन् ।


थापाले सुरुमा पान्डेलाई निर्माताका रुपमा प्रसाद २ मा भित्राएका थिए । पछि थापाले लगानी गर्न नसकेपछि फिल्मको सुटिङ रोकियो । विवादपछि थापाले फिल्मको ९० प्रतिशत स्वामित्व पान्डेको हुने लिखित सम्झौता गरे । तर, कलाकारले नै थापासँग असन्तुष्टि जनाउँदै फिल्मको सुटिङ गर्न मानेनन् ।


पछि थापाले अर्का व्यक्तिलाई लगानी गर्न लगाएर फिल्मको सुटिङ गरेका थिए । जबकी फिल्मको ९० प्रतिशत स्वामित्व उनले पान्डेको नाममा गरेका थिए । न त उनले त्यो सम्झौता माने न त सुरुमा खर्च भएको साढे ६२ लाख नै फिर्ता गरे । त्यसवापत चेक दिएकोमा चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको हो । प्रमाणसहित उजुरी आएपछि दर्ता गरेर कानुन प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्