Logo
Logo

श्रीलाभको सातौँ साधारणसभा सम्पन्न



काठमाडौं, २९ पुस । श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभा पुस २८ गते शनिबार सम्पन्न भएको छ । अध्यक्ष ओमप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन प्रमख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका थिए । कामनपा प्रमुख शाक्यले नेपालजस्तो न्यून आर्थिक वृद्धि, बेरोजगारी, आर्थिक विकासमा क्षेत्रीय असमानता, व्याप्त गरिबी र विप्रेषणमुखी अर्थतन्त्रलाई सुधार गर्न सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सञ्चालक समितिका पदाधिकारीका साथ कर्मचारी

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नं. ३ का प्रदेशसभा सांसद गणेशप्रसाद दुलाल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल रहेका थिए । संस्थाका सचिव होमनाथ दंगालले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष इन्द्रप्रसाद गुरागाईंले स्वागत मन्तव्य दिएका थिए भने अतिथिहरु नेपाल चेम्बर अफ कमर्सका सदस्य भीमप्रसाद पौडेल, हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, अभिच्छिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव खरेललगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभामा अध्यक्ष उप्रेतीले ६ सय १६ शेयर सदस्य रहेको संस्थाको कूल सेयर पुँजी १ करोड ९३ लाख ७४ हजार १०० रहेको र १३ करोड ६७ लाख ५५ हजार ३५६ रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ८ लाख १५ हजार ४५४ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको जानकारी दिँदै आगामी वर्ष यसलाई अझ बढाएर लगिने बताए । संस्थाले सदस्यहरूलाई कुल चुक्ता पु“जीको ५ प्रतिशत नगद लाभांश दिन सफल भएको पनि अध्यक्ष उप्रेतीले जानकारी दिए । कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशेष स्कुल तथा पुनःस्थापना केन्द्र (एसएसडीआरसी)की संस्थापक अध्यक्ष सविता उप्रेतीलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो भने संस्थामा उत्कृष्ट कारोबार गर्ने असल बचतकर्ता पदमप्रसाद गौतम, दीपककुमार कार्की, टंकप्रसाद चौलागाई, गोकर्ण खत्री र उत्कृष्ट ऋणीतर्फ मनिषा शर्मा, ऋषिराम सापकोटा र युविन्द्र नेम्वाङलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाका पूर्वकर्मचारीहरु सरस्वती न्यौपाने, लेखनाथ पोखरेल, जमुना पौडेललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्