Logo
Logo

माछापुच्छरे बैंकको दार्चुलामा २ नयाँ शाखा



काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ ।

बैंकले पुस २९ गते दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाउँपालिकास्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
यसअघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपिहिमाल गाँउपालिका र ब्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखा, २ एक्सटेन्सन काउण्टरलगायत ५२ शाखारहित बैंकिङ सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै,
बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्