Logo
Logo

तेस्रोपटक डायलासिस गर्न प्रधानमन्त्री ग्राण्डीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि आज ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन् । प्रधानमन्त्री तेस्रोपटक डायलासिसका लागि ग्रान्डी अस्पताल गएका हुन् । उनी बिहान ९ बजे ग्राण्डी गएका हुन् । उनी फर्किएपछि मन्त्रिपरिषद बैठक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जनाएका छन् ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीले शनिबार नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । सोक्रममा उनले आफू सिकिस्त बिरामी नभएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्