काठमाडौं, १७ कात्तिक ।
प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बैठक बसिरहेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
बैठक छाडेर प्रधानमन्त्री ओली अस्पताल गएको समाचार आएपछि अर्यालले ट्विटरमार्फत प्रधानमन्त्री बैठकमा रहेको जानकारी गराएका हुन् । बैठकपछि ओली अस्पताल जाने सम्भावना रहेको स्रोत बताउँछ ।