सिन्धुली, १७ कार्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुंगेश्वर यातायातको बस आइतबार सिन्धुपाल्चोक सुकुटे नजिकै सुनकोशीमा खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
शैलुंगेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सुनकोशीमा खसेको थियो । उक्त बसमा ४० यात्रु सवार रहेको दुर्घटनामा घाइते भएकाले जनाएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
बस खोलामा डुबेको छ । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ । सिन्धुलीका डीएसपी माधव काफ्लेका अनुसार बसका चालक धनबहादुर तामाङलगायत १५ जनालाई उद्दार गरिएको छ । थप विवरण आउन बाँकी छ ।