Logo
Logo

राष्ट्र बैंकका डेपुटी गभर्नर निलम्बित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १८ कात्तिक ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथी छानविनका लागि निलम्बन गरिएको छ । सोमबार उनलाई सरकारले निलम्बन गरेको हो ।
उनीमाथि छानबिनका लागि सञ्चालक समितिमा रहेका तीन स्वतन्त्र सदस्यहरुमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोध कुमार कर्णलाई छानविनको जिम्मा दिइएको छ ।


सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी क्रियाकलापमा सरकारलाई असहयोग, राष्ट्र बैंकका विभिन्न मुद्दाहरुमा विपक्षीलाई सघाएको, बैंक तथा वित्तिय संस्थाहरुसंगको मिलोमतोमा विभिन्न अनियमितता गरेको पाएपछि कार्तिक ३० को मन्त्रिपरिषद् बैठकले श्रेष्ठमाथि छानबिन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार सञ्चालक समितिले छानविन समिति गठन गर्नुपर्ने व्यवस्था छ। छानविन समितिलाई ३० दिनको कार्यअवधि दिइएको छ ।
यसरी डेपुटी गभर्नर निलम्बनमा परेको पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्