काठमाडौं, १८ कात्तिक ।
नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुख सिफारिस गरेको छ ।
बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी, तिलक परियार, धर्मनाथ यादब, पाँचमा विष्णु प्रसाई, गोविन्द कलौली र शर्मिला त्रिपाठीलाई सिफारिस गरेको हो । उनीहरुमध्ये कसलाई कुन प्रदेशको जिम्मेवारी दिने तय भइसकेको छैन ।
आइतबार सरकारले सातै प्रदेशका प्रमुखलाई हटाएको थियो ।
अमिक शेरचन-चितवन
सोमनाथ प्यासी- कास्की
तिलक परियार-बाँके
धर्मनाथ यादव- सिरहा
बिष्णु प्रसाईं- झापा
गोविन्द कलौनी-डडेल्धुरा
शर्मिला त्रिपाठि- काठमाडौ