Logo
Logo

प्रहरीमा सरकारको राजनीति, अन्तिम दिन पनि नयाँ आइजिपीको अन्योलता




काठमाडौं । प्रहरीमा बढेको राजनीतिकरणले सुरक्षा निकाय अस्तव्यस्त बनिरहेको छ । विगतमा झैं प्रहरी महानिरीक्षक नियुक्तिमा यो वर्ष पनि चलखेल देखिएको छ । जसकारण अन्तिम दिनसम्म नियुक्तिमा अन्योलता छ ।


आजैदेखि प्रहरी महानिरीक्षकले अवकाश पाउने भएपनि नयाँ आइजिपी नियुक्त गरिएको छैन । ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले आइजिपी नियुक्ति गर्ने बताइएको छ । जबकी ४ बजे नै आइजिपीको बिदाई कार्यक्रम रहेको छ । समयमा निर्णय नहुँदा आइजिपीको बिदाई र कमान्ड हन्तान्तरण कार्यक्रम समेत प्रभावित हुने भएको छ ।


समयमा निर्णय नहुँदा बढुवामा पनि अस्वस्थ चलखेल चलिरहेको छ । पाँचै एआइजी बढुवाको दौडधुपमा छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यबीच प्रतिस्पर्धा छ । नयाँ आइजिपी को हुने भन्ने विषयले प्रहरी प्रधान कार्यालयमा पनि अन्योलता छ ।

प्रतिक्रिया दिनुहोस्