Logo
Logo

२० वर्षको उमेरमै सन्दीप लामिछानेले किने काठमाडौंमा ६ करोडको घर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० कात्तिक ।
२० वर्षको उमेरमै क्रिकेटर सन्दीप लामिछाने करोडपति बनेका छन् । उनले ६ करोड रुपैयाँको घर नै खरिद गरेका छन् ।
हालै उनी ६ करोडो घरमा सरिसकेका छन् ।

४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अनुबन्धित भएका छन् । भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र देशबाट खेल्ने खेलाडी बनिसकेका छन् । उनी आठ देशको लिगमा अनुबन्धित भइसकेका छन् ।
आठ देश र सात क्लबबाट खेलिसकेका सन्दीप छोटो अवधिमै करोडपति बनिसकेका छन् ।


इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बने यता सन्दीपले पछाडि फर्केर हेर्न परेको छैन । उमेर समूह हुँदै नेपाल राष्ट्रिय टीमका सदस्य बनेका सन्दीपले भर्खरै ६ करोड मूल्यमा काठमाडौंको बुढानिलकण्ठमा घर किनेको हुन् । यसअघि उनको परिवार चितवनमा बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्