काठमाडौं, २० कात्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतभित्र हुने भ्रष्टाचारको छानबिन थालेको छ । एक नासुलाई पक्राउ गरेर आयोगले छानबिन थालेको हो ।

अभिलेखालयमा कार्यरत नासु सुधीर खड्कालाई आयोगले केही दिनअघि पक्राउ परेको हो । थुनामा रहेका व्यक्तिलाई साधरण तारेखमा छाडिदिने आदेश दिलाइदिने भन्दै उनले डिल गरेका हुन् । जसको रेकर्ड फेला पारेपछि आयोगले उनलाई पक्राउ परेको हो । न्यायधीशको नामै लिएर उनले त्यसरी छुटाइदिने भनेर डिल गरेको स्रोत बताउँछ ।
सर्वाेच्च अदालतको घटना भएकाले अख्तियारले समेत यसलाई गुपचुप राखेको छ ।
यसअघि पनि पटक पटक अदालतका कर्मचारी घुससहित पक्राउ परिसकेका छन् । अदालत सर्वाधिक घुसखोरी चल्ने कार्यालयका रुपमा बदनाम छ ।












