Logo
Logo

नेपाल बैंकमा ७० लाख हिनामिना, सिआईबीद्वारा छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ , २१ कात्तिक ।
कममजोर नियमन प्रणालीका कारण देशकै पुरानो बैंक नेपाल बैंकमा लाखौं अनियमितता भएका छन् । बैंकका कर्मचारी भूपराज कोइरालाले आर्थिक अनियमितता गरेका हुन् ।
वास्तविकभन्दा बढी मुद्दती निक्षेप देखाएर बैंकबाट ब्याज असुल्ने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी अनियमितता गरेको प्रारम्भिक छानबिनमा खुलेको छ ।


कोइरालाले करिब ६० ७० लाख हिनामिना गरेको बैंकको प्रारम्भिक छाननि प्रतिवेदनले देखाएको छ । कोइरालालाई बैंकले निलम्बन गरिसकेको छ । घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले समेत छानबिन थालेको छ ।
कोइराला नेपाल बैंकका नवौं तहका कर्मचारी हुन् । ०६१ सालमा कोइराला छैटौं तहबाट नेपाल बैंकमा प्रवेश गरेका थिए । गत साउनदेखि उनी बैंकमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा थिए । त्यसअघि उनी भक्तपुर, डल्लीबजारलगायत शाखा प्रमुख थिए । सोही समयमा पदीय दुरुपयोग गरी कोइरालाले आर्थिक अनियमितता गरेका हुन् ।

आर्थिक अनियमितता गरेको आरोपमा बैंकले छैटौं तहकी कर्मचारी सदीक्षा कार्कीलाई पनि बर्खास्त गरेको छ । कार्की नयाँ कर्मचारी हुन् । गत जेठ २ मा नेपाल बैंकमा नियुक्ति पाएकी कार्की चितवनमा कार्यरत थिइन् । कार्कीले पनि बैंकको ६० हजार रुपैयाँ आफ्नो खातामा हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्