Logo
Logo

महिला फुटबल खेलाडी उत्पादन गर्दै इटहरी उपमहानगर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ । उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गर्न लागेको छ ।

मंसिर १ गतेदेखि शुरु हुने प्रशिक्षणका लागि इटहरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई–दुई जना छात्राको नाम खेलकुद शाखामा पठाउन माग गरिएको छ । सहभागि छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गर्ने बताइएको छ ।

यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलोपटक अन्तरविद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता गरिसकेको छ । छात्राहरुलाई प्रशिक्षण दिई फुटवल खेलप्रति आकर्षित गर्दै खेलाडी तयार गर्न इटहरी उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा छात्रा फुटवल प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्