Logo
Logo

भ्रष्टाचार मुद्दा लागेका ब्यक्ति अध्यक्षका उम्मेदवार


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २१ कात्तिक । चर्को असहमति र विवादका बीच नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल स्वास्थ्यकर्मी संघ(होपोन) को सातौंं महाधिवेशन हुने भएको छ । कात्तिक २२ र २३ गते हुने अधिवेशनमा भ्रष्टाचार आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका रामजी घिमिरेले पुनः अध्यक्षमा उम्मेदवारी दिन लागेका छन् । ८ बर्षदेखि अध्यक्ष रहेका उनका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

रामजी घिमिरे

स्वास्थ्यकर्मी संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा भ्रष्टाचार मुद्दा लागेका हालका अध्यक्ष घिमिरे र सहअध्यक्ष ओमप्रसाद उपाध्याय चुनावी मैदानमा उत्रने भएका छन् । घिमिरेले संघमा रहँदा एक्लौटी ढंगले काम गरेको, पीएसआइको तालिम संघको केन्द्रीय समितिलाई थाहै नदिई आफू र आफुनिकटलाई मात्र पठाउने गरेका छन् । पिएसआईबाट नेतृत्व विकासको लागि आएको डेढ करोड भन्दा बढी रकम हिनामिना गरेको, संघको भन्दा व्यक्तिगत हितमा लागेको आरोप छ । स्वास्थ्य मन्त्रालय माताहत अन्तर्गतका बिभिन्न कार्यलय प्रमुखसँग संघका लागि चन्दा माग्दै खाने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । घिमिरेले एउटै नाममा दुईवटा संस्था दर्ता गरेको समेत फेलापरेको छ ।

पहिले सदस्यता लगायतका विवादका कारण नहुने भनिएको संघको अधिवेशन पटक पटकको छलफल र वार्तापछि हुने भएको होे । संघका हालका भ्रष्टाचारको आरोप लागेका अध्यक्ष रामजी घिमिरेले संघमा दुवै कार्यकाल मनपरी गरेको र जथाभावी रुपमा सदस्य थप गरेको, संगठन झोलामा राखी तानाशाही बनेको भन्दै सदस्यहरुले आपत्ति जनाउँदै आएका थिए । उनले प्राइभेट अस्पतालबाट कीर्ते कमिटी बनाई प्रतिनिधि बनाएको आरोप पनि लाग्दैआएको छ । घिमिरे भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका कांग्रेस नेता गोविन्दराज जोशीका निकट मानिन्छन् । स्वास्थ्यकर्मी संघको आजीवन नेता भएर विदेश भ्रमणदेखि विभिन्न ढंगले आएको सहयोग दुरुपयोग गर्न पछिल्ला दिनमा उनी देउवा निकट भएका छन् । जबकि सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेका गोविन्दराज जोशीलाई २०७४ मंसिर २१ मा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेस सभापति देउवाले निर्वाचन आयोगलाई भनेर उम्मेदवारी नै खारेज गराएका थिए ।

काठमाडौंमा वितरण गरिएको अनियमित सदस्यताका विषयमा छानबिन गर्ने काठमाडौ का निजी स्वास्थ्यमा हुँदै नभएको संगठनबाट पनि नक्कली संघ गठन गरेको देखाई संघमा पुनः अध्यक्ष हुने खेलमा घिमिरे छन् । अध्यक्ष घिमिरेले १ सय ५० भन्दा बढी फर्जी संगठन बनाएका थिए । मोरङ, भक्तपुर, कालिकोट, पर्वत, जिल्लाको प्रतिनिधि सदर गर्ने सहमति भएपछि संघको अधिवेशन गर्ने टुंगो लागेको हो । अध्यक्ष घिमिरे र उनको समूहले आफुलाई भोट नआउने जिल्लाहरूलाई अधिवेशन हँुदैछ भनेर खबरै नगरेको आरोप छ । अधिवेशन गर्ने कि नगर्ने भन्ने वार्तामा संंघका दुवै पक्ष र ट्रेड युनियन कांग्रेसका महासचिव लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्