Logo
Logo

अर्का भिआईपी प्रहरी हिरासतमा, तीन करोड ठगीको अभियोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कात्तिक
पक्राउ पर्ने भिआईपीहरुको संख्या बढ्दै गएको छ । जसमा हिीार पूर्वमन्त्री रुप ज्योती थपिएका छन् ।
मंगलबार सर्वोच्चले गरेको निर्णयका कारण २ करोड ७० लाख ठगी गरेको आरोप लागेका पूर्व सहायक अर्थमन्त्रीसमेत रहेका व्यापारी ज्योति पक्राउ परेका हुन् । सिंगापुरबाट फर्कने क्रममा विमानस्थलमै उनी पक्राउ परेका हुन् ।


ठगी आरोप लागेका व्यापारी ज्योतिविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसबाट बच्न उनी सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले उनको पक्षमा फैसला गर्न अस्वीकार गरेपछि उनी पक्राउ परेका हुन् ।
उनीलाई बिहीबार साँझ सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालय र सिआईबीको संयुक्त टोलीले पक्राउ गरेको हो। टोलीले उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो।
सिल्क एयरको विमानबाट साँझ साढे ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल उत्रेका उनलाई विमानबाट उत्रेको केही समयमा नै संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

उनीमाथि हाउजीङका नाममा विभिन्न व्यक्तिहरूलाई ठगेको आरोप लागेको छ। ल्यान्डमार्क हाउजिङका नाममा उनले ठगी गरेका थिए ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले ज्योतिका विपक्षमा फैसला सुनाएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो।

यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूप ज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। निषेधाज्ञाको रिट खारेज भएसँगै रूप ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो। त्यसका लागि उनले ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता गरी ठगी गरेका थिए।

ज्योति समूहले हाउजिङमा लगानी गर्ने भएपछि काठमाडौंका रैथानेदेखि बाहिरबाट आएर व्यापार व्यवसायमा संलग्नहरूले ‘घर’ किन्न १० लाख रूपैयाँका दरले पैसा जम्मा गरी ल्यान्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बूक’ गरेको थियो।
कम्पनीले ७ आना क्षेत्रफलमा व्यावसायिक प्रयोजनसहितको घर निर्माण गरिदिने प्रतिबद्धता जनाउँदै रकम उठाएको थियो।२०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरू गरेको ल्यान्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दिइएको थियो।
पीडितमध्येका एक काठमाडौं महानगरपालिका २६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्ललगायतले प्र्रहरी कार्यालयमा उजुरी गरेका थिए । व्यापारीक लोभका कारण उनी प्रहरी हिरासतमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्