Logo
Logo

अवैध धन्दाको आरोपमा नेपाली युवती भारतमा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कात्तिक ।
महिला तस्करीको आरोपमा एक नेपाली युवती भारतमा पक्राउ परेकी छिन् । भारतीय सुरक्षाकर्मीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई रुपैडियाबाट पक्राउ गरेको हो ।

रोजगारीको प्रलोभन देखाएर कल्पनाले दुई महिलालाई नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएकी थिइन् ।
खाडी जान लागेका दुई महिलाको परिचय खुलाइएको छैन । हाल उनीहरु रुपैडियामा सुरक्षाकर्मीको नियन्त्रणमा छन् । बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच गर्दा महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।
कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको छ । उनी मानव तस्करी गिरोहमा आबद्ध रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्