Logo
Logo

भारतले नाका बन्द गर्दा सयौँ यात्रु अलपत्र


- दृष्टि न्युज/संवाददाता


नेपालगञ्ज, २३ कार्तिक । भारतले नेपालगञ्जस्थित जमुनाह नाकासहित ७ नाका बन्द गरेपछि भारत हिँडेका सयाँै नेपाली सीमामा अलपत्र परेका छन् । भारतले उत्तर प्रदेशसँग जोडिएका रुपन्देहीदेखि कञ्चनपुरसम्मको ७ नाका बन्द गरेको हो । शनिबार बिहान ६ बजेदेखि नाका बन्द भारतले नाका बन्द गरेको हो ।
भारतले नेपालगञ्जको रुपडिया, बर्दिया, कैलाली र दाङलगायका नाका बन्द भएको छ । भारतमा लामो समयदेखि विवादमा रहेको अयोध्या राम मन्दिर र बाबरी मस्जिदबारे आज शनिबार भारतको सर्वोच्च अदालतले फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ । भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् भने नेपालबाट भारत जाने पैदलयात्रीलाई समेत छिर्न दिइएको छैन ।
नाका बन्द हुँदा नेपालबाट सीमावर्ती बजार रुपैडिया हिँडेका सर्वसाधारण ठूलो संख्यामा अलपत्र परेका छन् । सीमा बन्द हुने थाहा नपाएपछि त्यहाँ आएका यात्रु अलपत्र परेका हुन् ।
आज बिहान ६ बजेदेखि नाका बन्द गरिएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी जनाएको छ । अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानकारी दिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्