Logo
Logo

ज्येष्ठ नागरिक सेवाका लागि सिटिजन लाइफको सहयोग



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगर महानगरपालिकाको भानु टोलमा रहेको नेपाल ग्रामीण विकास समाज केन्द्रलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले त्यहाँका ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी विश्रामालय) र फिजियो थेरापी सेवा कार्यका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो ।

नेपाल ग्रामीण विकास समाज केन्द्रले ज्येष्ठ नागरिकको हक, अधिकार र संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न ब्रह्मज्ञानी विश्रामालय सञ्चालन गरिरहेको जनाइएको छ । यहाँ ज्येष्ठ नागरिकका लागि विभिन्न सिर्जनात्मक क्रियाकलाप गरिने उल्लेख छ ।

संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको र केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगका कार्यक्रम गरिरहेको कम्पनीले जनाएको छ । यसका साथै संस्थाले ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकारवालासँग निरन्तर अन्तक्र्रिया तथा नियम–कानुनको प्रभावकारी कार्यान्वयनका लागि विविध कार्य गर्दै आएको जनाइएको छ ।

सिटिजन लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवं विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायतका शैक्षिक सामग्री वितरण गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्