Logo
Logo

भारतीय दूतावास अगाडि युवा शक्तिको प्रर्दशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ कार्तिक । शाही युवा शक्ति नेपालले भारती सिमाअतिक्रमणको विरोध गर्दै प्रदर्शन गरेका छन् । भारतले हालै जारी गरेको राजनीति नक्सामा एकपक्षीय रुपमा नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक राखेको विरोधमा चौतर्फी विरोध भइरहेका बेला युवा शक्ति नेपालले पनि प्रदर्शन गरेको हो ।
‘नेपाली भुमि फिर्ता गर’, ‘भारतीय बिस्तारबाद मुर्दाबाद’जस्ताको नारासहित ललितपुरबाट प्रदर्शनमा निस्केका युवाले लैनचौरस्थित भारतीय दूतावास अगाडि कोणसभा गरेका थिए ।
प्रदर्शनपश्चात आयोजित कोणसभामा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह गरे । त्यस्तै, सदस्य राजकुमार महर्जनले भारतले सार्वजनिक गरेको नक्सा मान्य नभएकाले सच्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्