सातै प्रदेशमा इन्भेष्टमेन्ट बैंकको प्रादेशिक कार्यालय « Drishti News – Nepalese News Portal
Logo

सातै प्रदेशमा इन्भेष्टमेन्ट बैंकको प्रादेशिक कार्यालय


appharu


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरत तवरले काम गर्न हजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।

जसअन्र्तगत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगर, प्रदेश नं.२ कोे वीरगञ्ज, प्रदेश नं.३ को नारायणचौर नक्साल तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगर र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ । प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, ४¬ (गण्डकी प्रदेश), ६ (कर्णाली प्रदेश) र ७ ले ६ वटा शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्यसम्पादनमा समन्वय गर्ने छ ।
बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्