Logo
Logo

स्वास्थ्यकर्मी संघको निर्वाचनमा कसको पल्लाभारी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ कात्तिक । नेपाली कांगे्रेस निकट स्वास्थ्यकर्मी संघको अधिवेशन लम्विएको छ । असहमति र विवादका कारण अनिश्चित रहेको संघको सातौं महाधिवेशन शुक्रवार शुरू भएको थियो । संघको अधिवेशन २२ र २३ गतेका लागि तय भएको थियो । शनिबार हुनुपर्ने चुनाव ८ बर्षदेखि अध्यक्ष रहेका रामजी घिमिरेको प्यानलको विवादका कारण आइतबार बिहान ८ बजेबाट शुरू हुने भएको छ ।

ओम उपाध्याय र रामजी घिमिरे

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार संघको अधिवेशन उदघाटन गरेका थिए । कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले शुभकामना दिएका थिए । स्वास्थ्य मन्त्रालयले समायोजनमा स्वास्थ्यकर्मी संघसँग आवद्ध कर्मचारीलाई दुख दिएकोमा कांग्रेसका नेताहरुले आक्रोश ब्यक्त गरेका थिए ।

देशभर १९ हजार सक्रिय स्वास्थ्यकर्मीबाट ७ सय ५० जना प्रतिनिधि उपस्थिति रहेको अधिवेशनमा अधिकंश स्वास्थ्यकर्मीले वर्तमान नेतृत्वप्रति आक्रोस प्रकट गरेका थिए । संघका अध्यक्ष रामजी घिमिरे, रामचन्द्र शाह र भवानी शर्माले १० बर्षदेखि संगठन बिस्तार गर्न नसकेको, सगठन झोलामा राखेर हिंडेको सो अवधिमा ४ दर्जन स्वास्थ्यकर्मी बिदेश पठाउँदा संघमा निर्णय नगराई आफूनिकटलाई पठाएको बिषय प्रतिनिधिहरुले उठाएका छन ।

संघका अध्यक्ष घिमिरेको टोलीले पिएसआईको अनुदानमा १ करोड ५० लाख रुपैयाँ भन्दा बढी भष्टाचार गरेको जस्ता आरोप लगाएका छन् । भवानी शर्मा र रामचन्द्र शाह घिमिरेका सहयोगी हुन् । त्यही पैसा खानका लागि रामचन्द्र शाह र भवानी शर्माबीच लडाईँ हुदा घिमिरे समूहबाट दुवै जनाले बरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् । संघमा सबैभन्दा बढी भ्रष्टाचार गरेको आरोप भवानी शर्मामाथि लाग्ने गरेको छ । एक प्रतिनिधि भन्छन्–‘शाह र भवानी शर्माले पिएसआई को बिदेश भ्रमण र डेढ करोड पैसा पचाएका हुन् । अव सबै प्रतिनिधिहरु मिलेर भ्रष्टाचारको दलदलमा भासिएको घिमिरे, शाह र भवानी शर्माले जवाफ दिनुपर्छ ।

संघको अधिवेशनमा सहभागी सबै स्वास्थ्यकर्मीले नयाँ र बौद्धिक नेतृत्व खोजी गर्ने भएका छन् । अध्यक्षमा वर्तमान सहअध्यक्ष ओम उपाध्याय र रामजी घिमिरेले उमेदवारी घोषणा गरेका छन् । ८ बर्षदेखि संघको बजेट र विदेश भ्रमणमा मस्ती गरेका घिमिरे भष्टाचारको आरोपमा मुद्दा विचाराधीन रहेका कर्मचारी हुन् । घिमिरेबिरुद्ध सर्वोच अदालतमा भ्रष्टाचार मुद्दा छ । घिमिरेमाथि पिएसआईको सहयोगमा बिदेश जाने र अनुदानको रकममा रामचन्द्र शाह र भवानी शर्मासँग मिलेर करोडौं खाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्