Logo
Logo

रामेछापमा बलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु


1.6k
Shares

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ स्थित मगर गाउँनजिक बलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी रामेछापका अनुसार मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी १० जनालाई मन्थली अस्पतालमा पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्