Logo
Logo

राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन गृहको आग्रह


4.1k
Shares

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न प्रवेश पत्र लिन आग्रह गरेको छ ।गृहले आज (शुक्रबार)देखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने पत्र लिन आग्रह गरेको हो ।

आगामी वैशाख १ गते राष्ट्रपति निवासमा विभूषण वितरणका लागि समारोह हुँदैछ । सो समारोहमा विभूषित हुनेहरुका लागि गृहले सो प्रवेशपत्र लिन सूचना जारी गरेको हो ।

गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई शितल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्