Logo
Logo

नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै


378
Shares

काठमाडौं । नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दैछ । बैठक चीनको राजधानी बेइजिङमा बस्नेछ ।
बैठकको लागि परराष्ट्र सचिव भरतराज पौड्याल नेपाली टोलीको नेतृत्व गरेर चीन गइसकेका छन् ।

बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल हुनेछ ।

विहीबार परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, मन्त्रालयका सहसचिव लोकबहादुर थापा, दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्