Logo
Logo

एआईजीद्वारा सिईओका लागि आवेदन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ कात्तिक ।
नेपाल प्रहरीका एआईजी ठुले राईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत(सिईओ)का लागि आवेदन दिएका छन् । प्रहरीबाट अवकाश पाउन लागेकाले उनले सो पदका लागि आवेदन दिएका हुन् ।
गृह मन्त्रालयले प्राकिरणो सिईओका लागि खुला आवेदन मागेको थियो । पहिलो सूचनामा थोरै मात्र आवेदन परेपछि दोस्रो पटक सूचना निकालेर म्याद थप गरिएको थियो ।
सिईओका लागि गृहसचिव प्रेमकुमार राईको नेतृत्वमा एक समिति गठन भएको छ । गृहसचिव राई र एआईजी राईबीच घनिष्ठता भएकाले पनि उनले आवेदन दिएका हुन् । उनी कमजोर क्षमता भएका तर इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।


राईले आगामी २८ माघमा अनिवार्य अवकाश पाउँदैछन् । उनले महानिरीक्षकको सहमति लिएर आवेदन दिएका हुन् ।
त्यसो राईसँग विपद् व्यवस्थापनबारे अनुभव पनि छ । प्रहरीको विपद् व्यवस्थापन गणको उनी पहिलो इन्चार्ज हुन् । उनले त्यहाँ लामो समय काम गरेका थिए । सोही अनुभवका आधारमा उनले आवेद दिएका हुन् । उनीसहित नारायण थापा, सुबोध कर्ण, तोयनारायण सुवेदी, पिताम्बर अर्याल लगायतले आवेदन दिएका छन् ।
गत ८ कात्तिकमा १५ दिनको म्याद दिइएकोमा अवधि सकिएपछि आवेदकहरुको मूल्याङकन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्