Logo
Logo

रविमाथि मुद्दा नचल्ने निर्णय दबावमा गरेको होइन : महान्यायाधिवक्ता


1.8k
Shares

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय कुनै राजनीतिक दबावले नगरेको बताएका छन् । महान्याधिवक्ता पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।

उनले आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेका थिए । सोक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमै टुंगिएको दावी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता पोखरेलले भने, ‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको होइन ।’ महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लाग्ला भन्दै उनले भने, ‘हामीले विधि र प्रक्रियाअनुसार मुद्दा नचल्ने निर्णय गरेका हौँ ।’

उनले रविको राहदानी विवादमा प्रहरीले सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्