Logo
Logo

सुकुम्बासी बस्ती भत्काउन गएको महानगरको डोजर बाटोमै छेकियो


1.6k
Shares

काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा बसोबास गर्ने नागरिकले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो ।

बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदि किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकामा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्