Logo
Logo

सहसचिव भुपालको संयोजत्वमा बजेट लेखन समिति तय


1.6k
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति तय भएको छ । अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजत्वमा बजेट लेखन कार्य सुरु गरिएको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले भुपाल बरालको नेतृत्वमा लेखन समिति तय गर्नको लागि बिहीबार निर्देशन दिएका थिए । बरालको संयोजकत्व रहेको समितिमा सहसचिवहरु बाबुराम सुवेदी, उत्तरकुमार खत्री, जनकराज शर्मा, धनीराम शर्मा र आनन्द काफ्ले सदस्य रहेका छन् ।

सुवेदी राष्ट्रिय योजना आयोगबाट र खत्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अर्थमा सरूवा गराएर लेखन कार्यमा संलग्न गराइएको हो । काफ्ले योजना तथा अनुगमन महाशाखा प्रमुख रहेका छन् । बजेट मस्यौदाको सवालमा संयोजक बरालले शुक्रबार बैठक बोलाएका छन् ।

अर्थमन्त्री परिवर्तनको कारण बजेट लेखन कार्य तथा छलफलमा ढिलाइ भइरहेकोमा अर्थमन्त्री महतले आफ्नो विश्वासिलो टिम तयार गरेर बजेट लेखन सुरु गरेका हुन् ।

बजेट लेखन समितिमा रहेका पाँच जनामध्ये ३ जना बजेट लेखनकै लागि अन्य मन्त्रालयबाट सरूवा गरिएको हो । अर्थमन्त्रालयबाट सहसचिव सुमन दाहाल र झक्कप्रसाद आचार्यलाई सरूवा गरिएको हो ।

अर्थ मन्त्रालयले यसअघि नै बजेटसम्बन्धी काम गर्न कार्यतालिका तय गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्रीले संघीय सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्