काठमाडौं । नेपाली नागरिकता लिएकी एक जना तिब्बेतियन शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाली नागरिकतासहित काठमाडौंको बौद्धबाट तिब्बेतियन शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार झुटा विवरणको आधारमा उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकताको प्रमाणपत्र फेला परेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाइको छ । यो प्रकरणमा प्रहरीले यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयका नायब सुब्बालाई पनि पक्राउ गरेको थियो ।











