Logo
Logo

मर्छु भन्दै पेट्रोल लिएर हिँडेका एक पुरुष पक्राउ


441
Shares

काठमाडौं । नयाँ बानेश्वरमा दुईवटा ग्यालिनमा पेट्रोल बोकेर हिँडेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरका ५३ वर्षका पुरुषले मर्छु भन्दै पेट्रोल बोकेर हिँडेको भेटेपछि नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्कीले बताए ।

उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पारिवारिक समस्याका कारण उनले यस्तो गतिविधि गरेकाले सम्झाई बुझाई पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्