Logo
Logo

पार्टीभित्रै अवसरवादीहरु मौलाएका छन् : शेखर कोइराला


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रै अवसरवादीहरू मौलाएको बताएका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै नेता कोइरालाले आफू त्यस्ता अवसरवादीहरूबाट सावधान भइसकेको समेत बताए ।

उनले अवसरवादी प्रवृत्ति भएकाहरूबाट जोगिन कार्यकर्तालाई आग्रह गर्दै भने, ‘म सधैं श्रमिकहरूको पक्षमा छु, श्रमिकको अधिकारको पक्षमा उभिन प्रतिबद्ध छु, तर पार्टीभित्र अवसरवादीहरू छन्, त्यस्ता अवसरवादीहरूदेखि सावधान रहनुहोला, म त सावधान भइसकेँ ।’ उनले आफूपनि पार्टीभित्र संघर्ष गरिरहेको बताउँदै भने, ‘तर चाहेको जस्तो गर्न नसकिरहेको छैन ।’

नेता कोइरालाले भने, ‘म श्रमिकहरूलाई पार्टीमा मात्रै होइन, संसद् र सरकारमा पनि पु¥याउन चाहन्छु, त्यसका लागि पहल गर्छु । मैले यति गर्न सकेँ भने तपाईंहरूलाई न्याय गरेको ठहरिनेछ । म कोसिस गर्दैछ ।’ मुलुकको राजनीति अफ्ठ्यारो अवस्थामा पुगिरहेको भन्दै अब सबै स्वार्थ छाडेर ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको उनको भनइ छ ।

प्रतिक्रिया दिनुहोस्