Logo
Logo

पार्किङ गरिरहेको बसमा आगजनी


- दृष्टि न्युज/संवाददाता


कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेबिहार यातायातको ना ४ खमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । तस्बिर : रासस

कैलाली, २५ कार्तिक । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।
केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गएराति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्