Logo
Logo

उत्तेजना फैलाएर सीमा विवाद सामधान हुँदैन : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सभापति शशि श्रेष्ठ, नेकपा अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्याल सहभागी हुँदै ।

काठमाडौं, २५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्तेजना फैलाएर सीमा विवाद समस्या सामधान नहुने बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सोमबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले महाकाली नदी सीमा नदी भन्ने प्रष्ट रहेको भन्दै भने, ‘यसमा कुनै कन्फ्युजन छैन । प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्छ ।’
कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको समेत उनले बताए । अध्यक्ष दाहालले भने, ‘हामी एक इन्च पनि जमिन छोड्न सक्दैनौँ र, अरुको पनि एक इन्च जमिन चाहिएन । तर, उत्तेजना वा भ्रम फैलाएर यसको समस्या सामाधान हुँदनै ।’

प्रतिक्रिया दिनुहोस्