Logo
Logo

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


567
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्