Logo
Logo

सहीद लाजेहाङप्रति आइएफसीद्वारा श्रदाञ्जली अर्पण



काठमाडौं । सहिद पदम लिम्बू ‘लाजेहाङ’लाई आदिवासी फुटबल क्लव (आइएफसी)ले शनिबार ललितपुरमा श्रदाञ्जली अर्पण गरेको छ । आफ्नो भुमि, अस्तित्व र पहिचानको आन्दोलनको क्रममा सहिद भएका लाजेहाङप्रति आइएफसीले मैत्रीपूर्ण खेलमा मौनधारण गरेर श्रदाञ्जली अर्पण गरेको हो ।

प्रदेश-१ को नाम कोशी नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका लाजेहाङको चैत १० गते निधन भएको थियो । त्यसपछि पहिचान पक्षधरका जारी आन्दोलन झनै चर्कियो । विहीबार मात्रै सरकारले लाजेहाङलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

कोशी नामाकरण भएपछि त्यसको विरोधमा भइरहेको आन्दोलनप्रति क्लवका खेलाडीहरुले घुँडा टेकेर ऐक्यबद्दता जाहेर समेत गरेका थिए । आइएफसीले अवदेखि पहिचानसहितको समानता, समावेशिता र विभेदविरुद्ध घुँडा टेकेर खेल सुरु गर्ने आदिवासी अधिकारकर्मी डा. कृष्ण भट्टचले बताए ।

सन् २०१२ देखि आदिवासीहरूको स्वशासन, स्वायत्तता, आत्मनिर्णयको अधिकार प्राप्तिको लागि भन्दै आदिवासी युवाहरूले फुटबल खेल्दै आएका छन् ।

विश्वका विभिन्न देशहरुमा खेलाडीले समाजका विभेदविरुद्ध शसक्त भएर बोल्नुपर्ने भन्दै बेला-बेलामा आवाज उठ्ने गरेको छ । विश्व फुटबलमा खेलाडीको वाक स्वतन्त्रतालाई सम्मान गर्दै समता र समावेशीकरण अन्तर्गतको कार्यक्रम ‘किक इट आउट’ नेपालमा पनि चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्