Logo
Logo

ट्युनिसियामा २ वटा डुंगा डुब्दा २७ जना बेपत्ता



काठमाडौं । ट्युनिसियाको तटीय क्षेत्रमा आप्रवासी सवार दुई वटा डुंगा डुब्दा २७ जना बेपत्ता भएका छन् ।

शुक्रबार ट्युनिसियाबाट इटालीको लागि प्रस्थान गरेको ३७ जना सवार पहिलो डुंगा डुब्दा २० जना बेपत्ता भएका छन् भने १७ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

यस्तै, शनिबार ३६ जना सवार अर्को डुंगा डुब्दा समुद्र किनारमा तीन जना बेपत्ता भएका छन् भने चारवटा शव समुन्द्री किनारमा फेला परेको अधिकारीहरुले बताएका छन् ।

मार्च महिना यतामात्रै ट्युनिसियामा सात वटा जहाज भत्किएका छन् । जसमा सवार एक सय मानिस हराइरहेका छन् । सम्भवत उनीहरु सबैको मृत्यु भएको अनुमान गरिएको छ ।

ट्युनिसियाको तटवर्ती क्षेत्रहरु ल्याम्पेडुसा द्विपबाट १५० किलोमिटर मात्रै टाढा पर्दछन् । यस इटालियन द्विप प्राय मुख्यभूमि पुग्नका लागि पार गर्नु पर्ने बिन्दुको रुपमा प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्