Logo
Logo

बलात्कारपछि एक महिलाको जलाएर हत्या



एजेन्सी । भारतमा एक महिलाको बलात्कारपछि जलाएर हत्या गरिएको छ । राजस्थानको बारमेर जिल्लाको पचपदरामा दलित महिला झम्मा देवीलाई बलात्कारपछि ज्यूँदै जलाएर हत्या गरिएको हो ।

६ अप्रिलमा ६० प्रतिशत शरिर जलेको अवस्थामा उनी जोधपुरको सरकारी अस्पताल पुगेकी थिइन् । उनको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

महिलाका आफन्तहरूले बारमेरको बालोत्रा ​​उपविभागीय न्यायीक अधिकारीको कार्यालयमा हडताल गरेका छन्। उनीहरुले शवको पोस्टमार्टम गर्न अस्वीकार गरेका छन् । सरकार र मृतक महिलाका आफन्तबीच वार्ता प्रयास भइरहेको छ ।

मृतकका पति राजु रामका अनुसार घरमा कोही नभएको अवस्थामा शकूर खान नामका व्यक्ति घरमा जबर्जस्ती छिरेर बलात्कार गरेको खुलेको छ । बलात्कारपछि थिनर छर्किएर उनको हत्या भएको उनले बीबीसीसँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्