Logo
Logo

प्रधानमन्त्री बुद्धको नियमित उडानबाट धनगढी प्रस्थान


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् ।

सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ । उनी बिहान पौने ९ बजे धनगडी प्रस्थान गरेका हुन् भने साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी गएर बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्