Logo
Logo

पाटन क्याम्पसमा नेविसंघका बागी उम्मेदवार विजयी


756
Shares

काठमाडौं । ललितपुरको पाटन क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

२ हजार ६७९ मत खसेकामा विष्टले ८४१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए । यस्तै, ६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) तेस्रो हुँदा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ३४६ मतसहित चौथो भएका छन् । सभापति पदमा ६ जना प्रतिस्पर्धी थिए ।

सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाए । स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । लामाको प्यानलबाट कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रोहित कपालीले सभापति पदमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्