Logo
Logo

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई खाँणको आग्रह


1.4k
Shares

जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता खानले कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुनु नहुने भन्दै उक्त विधेयक प्रमाणिकरण गरि नागरिकलाई नाागरिकता जस्तो आधारभुत कगजात प्रदान गर्नुपर्ने बताए । आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौँ नेपालीले भोगिरहेकाले सो विधेयकलाई प्रमाणिक गराउनका लागि पहल गर्न उनले आग्रह गरे ।

संघीय संसदका दुवै राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेका थिए ।

तर, अहिले नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । उनी कांग्रेसबाट राष्ट्रपति बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्