काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि स्पष्टीकरण सोधेको हो ।
‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा। श्रेष्ठलाई निर्देशन दिइएको छ’, , प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन समेत दिइएको छ ।
यो पनि पढ्नुहोस्











