Logo
Logo

कस्तो रहला आजको मौसम ?


189
Shares

काठमाडौं । आज देशका तीन प्रदेशमा आज वर्षा हुने भएको छ ।

आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पछिल्लो केही समययता देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्